ताप्लेजुङको आठराई त्रिवेणीमा ५सय घरधुरीका फुसको छाना विस्थापन हुदै

वेलकम खबर
पुस १२, २०८१

ताप्लेजुङ । आठराई त्रिबेणी गाउँपालिकाले पालिका भरी रहेका फुसको छाना बिस्थापन गर्ने भएको छ ।गाउँपालिकाले फुसको छाना बिस्थापन गरी कर्कटपाता लगाउन इच्छुक पालिकाभरीका नागरिकलाई कर्कटपाता प्राप्तिका लागि निवेदन आवहान समेत गरेको छ ।

आठराई त्रिवेणी गाँउपालिकाका अध्यक्ष दीपेन पोमुले पालिका भरी रहेका करिब ५ सय फुसका घरमा टिनका छाना उपलब्ध गराउने बताउनुभयो ।
पालिकाले गत असार १० गते पालिकाभरी रहेका फुसको छानो बिस्थापन गर्नेगरी चालू आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो अध्यक्ष पोमूले गाउँसभा अधिबेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पालिकाले कार्यान्वयन गर्न थालेको छ उहाँले भन्नुभयो ।

पालिकाले फुसको छाना विस्थापनका लागि अबेदनकर्ताले लागि फुसको छाना देखिने घरको रंगिन फोटो,घर भएको जग्गाधनीको धनीपूर्जाको फोटोकपी वा भूमिहिन दलित तथा सुकुम्बासीको हकमा वडा कार्यालयको सिफारिस,गरिव घरधुरीको परिचयपत्र प्राप्त गरेको भए सोको प्रतिलिपि र गरिवीको रेखामुनि रहेको प्रमाणित भएको सम्वन्धित वडाको सिफारिस पत्र संलग्न गर्नुपर्ने हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*