ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ : योगेश भट्टराई

वेलकम खबर
पुस ८, २०८१

काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् ।
एमालेका सचिवसमेत रहेका सांसद भट्टराईले सोमबार ९आज० बसेको समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले भने, समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ ।
लेखा समिति सुशासन र चेक एन्ड ब्यालेन्सुका लागि पनि बनेकोले आर्थिक रूपमा प्रस्ट हुनुपर्ने बताउँदै भट्टराईले भने, यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रस्ट बनाइदिनुस् ।
पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । तर, अहिले उनी फरार छिन् । कोइरालासहित २५ जनाविरुद्ध गत पुस २ गते जिल्ला अदालत, मोरङबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*