ताप्लेजुङ पहिचानवादी मोर्चाको संयोजकमा मादेन

वेलकम खबर
पुस ७, २०८१

ताप्लेजुङ । पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन हुनु भएको छ ।
सो मोर्चाको सहसंयोजकहरुमा श्री लिङखिम,डम्बर लाबुङ,सुरेश आवाजुङ,हर्क गुरुङ,पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहनु भएको छ । सदस्य सचिवमा सरोज कङलिवा,आर्थिक संयोजकमा कमला पालुङ्वा,बिद्यार्थी विभाग प्रमुखमा सरगम शेर्पा र राम लिम्बू तथा युवा विभाग प्रमुखमा विरेन तबेबुङ र बिनोद बोखिम चयन हुनु भएको छ ।
मोर्चाको जिल्ला सल्लाहकारहरुमा कीर्तिमान मादेन,रत्न नुगो,खड्ग गुरुङ,रमेश मादेन र यादव ढकाल रहनु भएको छ । सल्लाहकार मादेन मोर्चाका संघीय सदस्य समेत हुनुहुन्छ । मोर्चाका संघीय संयोजक प्रा.डा महेन्द्र लावती,सहसंयोजक ज्ञानबहादुर गुरुङ,संघीय सदस्य तथा आर्थिक विभाग प्रमुख असिम पालुङ्वा, मोर्चाका कार्यालय प्रमुख खगेन्द्र माखिम,संघीय सदस्य तथा लिम्बूवान प्रदेशका सदस्य सचिव केदार धिमाल र संघीय सदस्य कुमार साम्यू सहितको उपस्थितिमा मोर्चाको ताप्लेजुङ कार्य समितिमा जिम्मेवारी प्रदान गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*