रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र

वेलकम खबर
पुस ७, २०८१

काठमाडौँ  ।रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्को प्रहरीको उच्च स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो ।

लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र लेखेको हो ।

अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ । पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने हुन्छ ।लामिछानेको हकमा हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै सांसद पद निलम्बन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*