फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानले सार्वजनिक गर्यो १९ बुद्दे संकल्प प्रस्ताव
ताप्लेजुङ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठान १९ बुद्दे सङ्कल्प प्रस्ताव पारित गरेको छ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठान दोस्रो अधिवेशनको निर्णय सार्वजनिक गदै १९ बुद्दे सङ्कल्प प्रस्ताव पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
संकल्प प्रस्ताबमा फुरुम्बो पालुङ्वा युवायुवतीहरु क्रमशः मत मदिरा तथा अन्य कुलतलाई छोड्दै छोडाउदै लाने कार्यमा लागी पर्ने र एउटा स्वच्छ फुरुम्बो पालुङ्वा वंश निर्माणमा सक्रिय रहने उल्लेख गरिएको छ ।
फुरुम्बो पालुङ्वा वंशलाई सभ्य, चेतनशील र जुझारु बनाउन फुरुम्बो पालुवाहरुलाई प्रतिष्ठानमा गोलबद्धगर्न प्रयास गरिने छ । फुरुम्बो पालुङ्वा समाजलाई विकृति र विसङ्गतिबाट मुक्त गरी यस वंशलाई अहिंसा, न्याय, प्रेम र समानतातिर अग्रसर गराउन सम्पूर्ण फुरुम्बो पालुङ्वाहरुद्वारा सुरु गरिने छ ।
हाल छरिएर रहेका फुरुम्बो पालुङ्वाको संस्कृतिलाई समेटेर केन्द्रीय सांस्कृतिक मन्च निर्माणको लागि फुरुम्बो पालुवाहरु एकजुट गराउन प्रयास गरिने छ । फुरुम्बो पालुङ्वा वंशभित्र गुट र फुट होइन एकता र तालमेलको अवस्था सिर्जना गरिने समेत उल्लेख छ ।



















