लिम्बू समाचार बाचन गर्ने ताप्लेजुङका पत्रकार सम्मानित (फोटो फिचर)

वेलकम खबर
मंसिर ३०, २०८१

ताप्लेजुङ । ताप्लेजुुङका रेडियोहरुमा लिम्बू समाचार बाचन गर्ने पत्रकार सम्मानित भएका छन् । जिल्लामा रेडियो स्थापना भएदेखि हालसम्म लिम्बु भाषामा समाचार बाचन गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने पुर्व पत्रकार साथै हाल कार्यरत पत्रकार सम्मानित भएका हुन् ।

चासोक तङनामको अवसरमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रेडियो तमोर १०२ मेघाहर्जमा कार्यरत समाचार बाचकद्वय गंगा लिङखिम लिम्बू, मनु माबो लिम्बूलाई सम्मान गरिएको चुम्लुङका अध्यक्ष ईन्दिरा मेन्याङबो लिम्बुले बताउनुभयो । उहाँका अनुसार रेडियो ताप्लेजुङ ९४ मेघाजर्हमा कार्यरत माला पालुङवा लिम्बू, रेडियो काबेली ९५ दशमलब ८ मेघाहर्जमा कार्यरत साहारा लङ्वा लिम्बू र पबित्रा साउदेन लिम्बूलाई सम्मान गरिएको छ ।

चुम्लुङका कार्यबाहक सचिव सरोज कङ्लिबा लिम्बूका अनुसार रेडियोमा लिम्बू समाचार बाचन गर्ने पुर्व पत्रकाहरु अस्मिता साँवा लिम्बू, मोहनचन्द्र साँवा लिम्बु, धनराशि लिम्बू, राधा मास्वा लिम्बू, रोमा माबो लिम्बू, अमृता थलङ लिम्बू, ज्ञानु फुरुम्वो लिम्बू (चरपे), मनु मेन्याङबो लिम्बू लगायतलाई सम्मान गरिएको छ । लिम्बू जातिको मौलिक संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै आईरहेको संस्था कियाचुले समाचार तथा कार्यक्रमको माद्यमबाट मातृभाषालाई संरक्षण गर्न टेवा पु¥याउने पुर्व पत्रकार तथा हाल कार्यरत पत्रकारहरुलाई सम्मान गरिएको अध्यक्ष मेन्याङबोको भनाई छ ।

चासोक तङनाम पर्वको अबसरमा फुङलिङस्थित तोक्मेडाँडाको हाटबजारमा कियाचुले शुभकामना आदान–प्रदान, न्वागी पुजा, याःलाङ(धान–नाच), केःलाङ (च्याबु्रङ–नाच)को आयोजना गर्दै सम्मान गरेको हो ।

जिल्लामा सञ्चालित तीनैओटा रेडियोहरुमा दैनिक बिहान र बेलुका लिम्बू भाषाका समाचार प्रसारण भईरहेका छन् । जसले लिम्बू समुदायमा मातृभाषा संरक्षणका लागि अत्यन्तै धेरै महत्वपुर्ण योगदान पु¥याएकाले सम्मान गरिएको कियाचुले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*