कञ्चनजङ्घा हिमाल हेर्दै महोत्वसमा रमाउन पाईने

वेलकम खबर
मंसिर २९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पर्यटन प्रवद्र्वन गर्ने उद्वेश्यले कञ्चनजङ्घा भ्यू पोइन्टमा सिरिजङ्घा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको दृश्यावलोकन गर्दै महोत्वसमा रमाउन पााईने भएको हो ।
रमणीय बाटो भएर कञ्चनजङ्घा हिमाल हेर्न जानको निम्ति गाउँपालिकाले संघिय सरकार र स्थानीय सरकारको साझेदारीमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । उक्त आयोजनामा गाउँपालिकाले निर्माण गरेको साहसिक पदमार्गलाई चिनाउने अभिप्रायले पैँतालिस सय मिटर उचाईको साहसीक कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता पनि गराउने भएको हो ।
मंसिर २३ गते बसेको कार्यपालिका बैठकले आउदो बैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँझोडेनी भन्ने स्थानमा महोत्सव गर्ने निर्णय पारित गरेको हो । यस बर्ष नयाँझोडेनीमा आयोजना हुने महोत्सवमा ४५०० मिटर उचाइको म्याराथुन प्रतियोगिता र साँस्कृतिक कार्यक्रम गर्ने कार्ययोजना रहेको छ । म्याराथुन प्रतियोगीतामा नयाँझोडेनी र मछेवा विचको दुरी प्रारम्भिक रुपमा कायम गरेको छ । यो स्थान कञ्चनजङ्घा हिमशृङखोलाको सबै भन्दा उत्तम भ्यू पोइन्ट भएको पालिकाका उपाध्यक्ष डाक्टर चित्र मावोले जानकारी दिनुभयो ।


। सिरिजङ्घा गाउँपालिकाले निर्माण गरिरहेको याम्फुदिनको आम्जिखोलादेखि कञ्चनजङ्घा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन तथा महोत्सव आयोजनाको समभ्यावता अध्ययनको निम्ति कार्तिक महिनामा अनुगमन, अबलोकन तथा भ्रमण कार्य सम्पन्न गरि प्रतिवेदन तयार पारेर आयोजना गर्न लागेको हो । यो आयोजनाले कञ्चनजङ्घा क्षेत्रमा आन्तरीक पर्यटकको संख्या बढाउन थप सहयोग पु¥याउने छ ।
झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मको लामो हिमशृङखोला अवलोकन गर्न सकिन्छ । यो नै यहाँको मुख्य बिशेषता हो । चौँरी तथा याकको अबलोकन, नेपालको राष्ट्रिय फुल लालीगुराँस र चिमालले छपक्क छोपेको पहाड, पहाडको सिरैमा सेताम्मे हिमाल, हिमाली धुपी र सल्लाले यहाँको सौन्दर्यलाई थप आकर्षक बनाएको उपाध्यक्ष मावोले बताउनुभयो ।
यीनै सौन्दर्यले पर्यटकहरुको थकान मेटाउने छ र मनोरञ्जन दिलाउने छ । यो आयोजनाले आन्तरीक पर्यटकलाई हिमालको महत्व बोध गराई हिमाल हेर्न जान रहर भएतापनि जोखिम काम हो भनेर भ्रमित भएकाहरुलाई नजिकबाट हिमाल देखाई हामी पनि हिमालको अबलोकन गर्न सक्छौँ भन्ने विश्वास दिलाउनेमा आयोजक समिति विश्वस्थ छ । यो स्थान कम खर्च र सहज तरीकाले सबैभन्दा धेरै र नजिकबाट हिमाल हेरेर रमाउन सकिने सजिलो भ्यू पोइन्ट भएकोले हिमाल प्रेमीहरुलाई सो स्थान चिनाउन खोजिएको पालिकाको दाबी छ । कञ्चनजङ्घा हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*