अनलाइन मिडिया नियमन गर्न विधेयक ल्याउँदैछौं : सञ्चारमन्त्री गुरुङ

वेलकम खबर
मंसिर २९, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोसल मिडिया नियमन गर्न विधेयक ल्याउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको १५औं साधारण सभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

अनलाइन मिडियामा देखापरेको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको उनले बताए । सञ्चारमन्त्री गुरुङले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरिरहेको भए पनि अनलाइन मिडियाले अराजकता मच्चाउने काम गरिरहेको आरोप लगाए ।

उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताए । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए । उनले अनलाइन मिडियाले सामाजिक सद्भाप, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको जिकिर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*