पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आर्चाय निर्वाचित

वेलकम खबर
मंसिर २८, २०८१

ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको आठौ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
ताप्लेजुङ सदरमुकामा फुङलिङ बजार भएको अधिवेशनले आर्चायलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षमा सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष संगिता कार्की,सचिव कृष्ण फुरुम्बो लिम्बु,सहसचिवद्धय साहारा लंवा लिम्बु र मनमाया लिम्बु मनु र कोषाध्यक्षमा मदन गौतम सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै सदस्यहरुमा सुनिता रसाईली,किरण वि.क तरुण भारती,रञ्जना गुरुङ,दिलकुमार फेम्बो,तेन्जिङ शेर्पा,टीकामाया यक्सो र एलिना दियाली निर्वाचित भएका हुन । त्यस्तै प्रदेश परिषद सदस्यमा दिनेश लिङखिम र सुर्यकुमार लिम्बु आलोक र केन्द्रीय परिषद सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक प्रयास सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*