ऐतिहासिक पुसे मेला पुस १ गतेदेखि ५ गतेसम्म ,भलिबल विजेताले ३ लाख पाउने

मदन गौतम
मंसिर २३, २०८१

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा २०३१ सालदेखि लाग्दै आएको पूर्वकै ऐतिहासिक पुसे मेला कृषि तथा पर्यटन प्रवर्धन साथै विविध खेलकुद तथा बृहत् सांस्कृतिक कार्यक्रमका साथ पुष १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ। भलिबल प्रतियोगिता अन्तर्जिल्ला क्लब स्तरीय हुने पुसे मेला आयोजक समितिले आज फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी बताएको हो। भलिबल प्रतियोगितामा आयोजक तोक्पेगोला , एमएमसी ताप्लेजुङ, सभापोखरी भलिबल , सिक्किम भलिबल ,भोजपुर भलिबल, झापा बिर्तामोड र पाँचथर भलिबल गरी सात टिमको सहभागिता रहने आयोजकले बताएका छन्। विजेता टिमले नगद ३ लाख ट्रफी र मेडल प्रमाणपत्र पाउनेछ भने उपविजेता ले नगद १ लाख ७५ हजार ट्रफी मेडल र प्रमाणपत्र साथै सान्तना पुरस्कार ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी ब्याडमिन्टन प्रतियोगिता, साइक्लिङ प्रतियोगिता ,र्‍याप्टिङ लगायतका खेल हरू पनि हुने भएको छ । पुष ३ गते राष्ट्रिय कलाकार राजु लामा लगायतका कलाकारका साथ बृहत सांस्कृतिक कार्यक्रम हातपारे धान नाच तथा अन्य सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ । मेला तथा प्रतियोगिता सम्पन्न गर्न ३० देखि ३५ लाख खर्च हुने आयोजकले अनुमान गरेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*