विश्वका प्रभावशाली १ सय महिलाको सूचीमा नेपालकी सिलसिला

वेलकम खबर
मंसिर १९, २०८१

काठमाडौं । बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी वातावरण विज्ञ सिलसिला आचार्य पनि पर्न सफल हुनुभएको छ।

बीबीसीले सन् २०२४ का लागि सोमबार प्रकाशित गरेको १०० प्रभावशाली महिलाको सूचीमा अटाउन सफल उहाँले दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्यायको क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ।

हाल अभ्नी सेन्टर फर सस्टेनएबिलिटीकी निर्देशक रहेकी उहाँ वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहनुभएको छ। उद्यमशीलतालाई वातावरणीय न्यायसँग जोड्नुपर्नेमा जोड दिँदै आएकी उहाँ काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आउनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*