हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो

वेलकम खबर
मंसिर १८, २०८१

काठमाडौँ । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ । हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बढेको फ्युल सरचार्ज बुधबारदेखि लागू गर्न नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, समिट, तारा र सीता एयरलाइन्सलाई मंगलबार पत्राचार गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

निगमले हवाई इन्धनको मूल्य थपघट गर्दा वायुसेवा कम्पनीहरुले त्यो मूल्यअनुसार विभिन्न वृत्तखण्डको फ्युल सरचार्ज हेरफेर हुने गर्छन् । यसलाई प्राधिकरण मातहतको हवाई यातायात विभागले नियमन गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*