तेह्रथुमको विजयी सुरुवात

मदन गौतम
मंसिर १५, २०८१

ताप्लेजुङ । चासोक तङनामको अवसरमा आयोजना गरेको दोस्रो कञ्चनजघा सेसेलुङ गोल्डकप शनिबार सुरु भएको फुटबलमा सम्दु क्लब तेह्रथुम विजयी भएको छ । तेह्रथुमले कंञ्चनजंघा फुङलिङ क्लबलाई टाइब्रेकरमा १०।९ गोलले पराजित गरेको हो । आयोजक १ गोलले पराजित भएको हो । निर्धारित समय २।२ गोलमा बराबरी गरेका थिए। निधारित समयमा तेह्रथुमका सन्दिप लिम्बुले दुई गोल गरेका थिए भने आयोजक कंञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङका अनुप सेन्दाङ र पवन नयोङहाङले गोल गरे । सन्दिप खेलको म्यान अफ दि म्याच घोषित भई नगद ५ हजार प्राप्त गरे । चासोक तङनाम पर्वको अवसरमा आयोजित प्रतियोगीताको कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले उद्घाटन गर्नुभयो । प्रतियोगिता ताप्लेजुङको फुङलिङमा अवस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा संचालन भएको आयोजक चन्द्र थेबेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*