दुर्गा प्रसाईंलाई तीन कसुरमा मुद्दा चलाउने तयारी

वेलकम खबर
मंसिर ४, २०८१

काठमाडौं ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।

प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआईबीको तयारी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैया लगानी गरेको दाबी गर्दै प्रसाईले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए । सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको दाबी गरिएको छ । प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

सीआईबीको टोलीले प्रसाईँलाई मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने भएको छ ।

प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए । विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए । उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*