गुन्डा नाइके सत्यमान लामा पक्राउ

वेलकम खबर
मंसिर ३, २०८१

काठमाडौं ।चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने प्रहरीले जानकारी दिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*