करेन्ट लागेर घाइते ताप्लेजुङ मैवाखोलाकी ७ बर्षिय बालिकाको मृत्यु
ताप्लेजुङ । विजुली को करेन्ट भएको तार पोलबाट खसेर लागि गम्भिर घाइते भएकाी ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ की ७ बर्षिय बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ । प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउई चेक जाच गर्दा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । मृतक बालिकाको शव जिला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ । प्रहरीका अनुसार मृत्यु भएृकी बालिका मैवाखोला गाउँपालिका वडा नं ३ का साङ्गे शेर्पाकी छोरी हुन । सरस्वती आधारभूत बिद्यालय तुम्बेमा अध्ययन गर्न बालिकालाई घर फर्कदै गर्दा करेन्ट बगिरहेको विजुलीको पोलबाट झरेको तारले लागेको प्रहरीले जनाएकोछ ।



















