ताप्लेजुङको सिरिजंघा ३ का वडा अध्यक्षको लागि ५ दलले गरे उम्मेदवारी दर्ता

वेलकम खबर
मंसिर २, २०८१

ताप्लेजुङ । आउँदो मंसिर १६ गते हुने उप निर्वाचनको  लागि ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा ३ मा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
रिक्त रहेको वडाध्यक्ष पदका लागि ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा ५ ओटा राजनीतिक दलले आज निर्वाचन कार्य तालिका अनुसार उम्मेद्वारी दर्ता गराएका हुन् ।

दर्ता गराएकाहरु मध्ये कोही पनि स्वतन्त्र उम्मेद्वार नभएको र दलका मात्र भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन लिम्बु, नेकपा माओवादी केन्द्रबाट अम्बि साउदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बूवानबाट राजेन्द्र काङ्वा लिम्बूले उम्मेद्वारी दर्ता गराउनु भएको छ । दलका शीर्ष नेताहरूको उपस्थितिमा आज मनोनयन दर्ता गरिएको छ ।

काँग्रेसबाट प्रतिनिधिसभा सदस्यद्वय सरस्वती बजिमय, लीलादेवी बोखिम, जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा एमालेबाट केन्द्रिय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेबे, जिल्ला अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फे सहितका नेताहरुको उपस्थितिमा उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै माओवादी केन्द्रबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), जिल्ला संयोजक विष्णुकुमार हाङवाङ लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोशी प्रदेशका ईञ्चार्ज तथा जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठ, सिरिजङ्गा गाउँपालिका कमिटी सभापति भवानी दाहाल (भीम)  प्रदेश कृषि विभाग सदस्य नरेन्द्र तिवारी (नयनाथ) लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

एमालेकी उम्मेद्वार कुमारी साउदेन यसअघिको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो भने माओवादीका उम्मेद्वार अम्बि साउदेनले वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्षका लागि उम्मेद्वारी दिनु भएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धनबाट बिजयी हुनु भएका दिलप्रसाद बोखिमले राजिनामा दिएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*