पाथीभरा क्षेत्रबाट एक ३३ जनाले निकाले एक हजार किलो फोहोर
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा शनिबार बृहत सरसफाई गरिएको छ । पाथीभरा क्षेत्र विकास समितीको आयोजनामा पाथीभरा सफा र हराभरा–हाम्रो जिम्मेवारी हाम्रो आस्था” भन्ने मुल नाराका साथ भएको सरसफाई कार्यक्रममा १ हजार किलो फोहोर संकलन भएको छ ।
निरन्तर सफाई बाहेक बृहत सरसफाई कार्यक्रम निकै लामो समय देखि नभएको र पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा भएको फोहारलाई सरसफाई गरि पाथीभराको स्वच्छतालाई कायम राख्न उक्त कार्यक्रम गरिएको हो
भएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनले विशेषगरि प्लास्टिकजन्य फोहोर, सिसा र फलामजन्य फोहोरलाई संकलन गरि उचित तरिकाले व्यवस्थापन गरिएको छ । बृहत सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेल, दुर्गादल गुल्मका गुल्मपति ब्रिकम खड्का सहितको नेपाली सेनाको टोली, शशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका प्रहरी नायब उपरिक्षक नरेश मर्हजन सहितको शशस्त्र प्रहरीको टोलीको सहभागिता रहेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी निरिक्षक विवेक बस्नेत सहितको नेपाल प्रहरीको टोली, कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका प्रमुख गणेश पोख्रेल पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी स्थानीय र पत्रकारहरुको सहित १ सय ३३ जना सहभागिता रहेको थियो ।


















