एमाले इलाम अध्यक्षमा बराल,सचिवमा सुवेदी

इलाम । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल विजयी भएका छन् । नेकपा एमाले इलामको ११ औं जिल्ला अधिेवेशनबाट बराल निर्वाचित भएका हुन । उनले प्रतिद्वन्द्वी नरेन्द्र भट्टराईलाई १ सय ८६ मतले पराजित गरेको हुन । अध्यक्ष बरालले ३ सय ८१ मत ल्याउदा प्रतिद्धन्दी बरालले १९५ मत मात्रै प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा उदय राई निर्वाचित भएका छन उनले २ सय ५० मत प्राप्त गरेका थिए उनका निकतम प्रतिद्वन्द्वी उमेश गुरूङले १ सय ८४ मत प्राप्त गरी पराजित भए
त्यस्तै सचिवमा रबिन्द्र सुवेदी निर्वाचित भएका छन उनले २सय ९२ मत ल्याउदा प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २सय ६८ मत प्राप्त गरेका थिए । भने उप सचिवमा रमेश राईले १ सय ७९ मत प्राप्त गरी विजयी भए भने उनका निकतमप्रतिद्धन्दी यामबहादुर राईले १ सय ३४ मत प्राप्त गरेका थिए । अर्का उप सचिवमा दिलु लावती निर्वाचित भएका छन लाबतीले ९ सय ९ मत ल्याउदाप्रतिद्वन्द्वी विष्णुमाया आर्चायले २ सय १७ मत प्राप्त गरेका थिए ।