राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्ने सहमति भएको छ : सभापति देउवा

वेलकम खबर
कार्तिक ३०, २०८१

डडेलधुरा । पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमती भएको बताएका छन ।

गृह जिल्ला डडेल्धुरामा रहनु भएकाले देउवासंग नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनलेआवश्यक नभई नहुने कुराहरु गर्न संविधान संशोधन गर्ने सहमति भएको बताएका हुन । राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरु दलहरुलाई समेटिने सभापति देउवाले बताए ।

दुई तिहाई पुगाउन अरु दलहरुलाई पनि समेटर संविधान संशोधन गर्न सहमति भएकाले उहाँको भनाइ छ । देश भर पूर्वाधारहरु बनिसकेका छैनन् । उनले भने ठाउँठाउँमा सडकहरु बनाउन अझै बाँकी छ । सिंचाईको व्यवस्था, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न दुई पार्टी बिच सहमती भएको बताए सभापति देउवाले सरकार यसमा लागिरहेको छ, धेरै कुराहरु अगाडि बढेको र धेरै कुराहरु अगाडि बढ्दै गएको दाबी गरे ।

समस्या सबैतिर भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी ओलीले राम्रोसँग सरकार संचालन गरिरहेको दाबी गदै गठबन्धन भत्किने कुराहरु आमसंचारका माध्यमबाट सुन्ने गरेको भन्दै त्यस्तो नहुने दाबी गरे ।
यो गठबन्धन २०८४ सम्मै जान्छ रु भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने , दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यस पछि नेपाली काँग्रेस । मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमती भएको छ । १८ महिनाको सरकार कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको दाबी गदै हाम्रा साथीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरु लिइरहेको छ । उनले यसमा कुनै राजनीतिक प्रतिशोध छैन । प्रहरीले कानूनबमोजिम काम गरिरहेको छ ।

चुनावका बेला मात्रै गृह जिल्लामा आउनु हुन्छ भन्ने गुनासो व्यापक हुने गरेको छ नि रु भन्ने प्रश्नमा सभापति देउवाले बेला बेला आउने गरेको र त्यो बेकारको हल्ला भएको बताए । अहिले सातवटै पालिकाहरु पुगेको जानकारी गराउँदै उहाँले योजना बनाई दिनु परो भनी जनताले मागहरु ल्याउने गरेको बताए । जनताका आकांक्षा धेरै छन, योजनाका मागहरु ल्याएर जनता भेट्न आउने उनले बताए । जनताका माग अनुसार आफूले काम गरिरहेको र सबैले माया सभापति देउवाको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*