इलाम एमालेमा बराल र भट्टराई भिड्दै
वेलकम खबर
कार्तिक ३०, २०८१
इलाम- नेकपा (एमाले) इलाम जिल्ला कमिटीको जारी ११औं अधिवेशनमा विभिन्न उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
एक उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनाल, सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराए । एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती (दिलु योङहाङ लावती), यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । निर्वाचन केहीबेरपछि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।



















