दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)

वेलकम खबर
कार्तिक ३०, २०८१

दार्चुला ।दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ।

दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय संजिव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षिय मोहमद सफिर र सोहि जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।

मृतक मध्ये ४ जनाको घट्ना स्थलमै तथा ३ जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको उपरिक्षक दाहालले जानकारी दिए । मृतक ७ जना मध्ये १ जनाको सनाखत हुन सकेको छैन । शैल्यशिखर नगरपालिका -६ को बगजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जीप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*