पाथीभरामा क्यु आर कोड राखिएको बिषयमा विभिन्न क्षेत्रमा विरोध र समर्थनप्रति क्षेत्र विकास समितिको स्पष्टीकरण

मदन गौतम
कार्तिक २८, २०८१

ताप्लेजुङ ।पुर्वको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर ताप्लेजुङ मा भेटी दान गर्नको लागि राखिएको क्यु आर कोड विषयमा विभिन्न क्षेत्रमा विरोध र समर्थन आएपछि पाथीभरा क्षेत्र विकास समितिले स्पष्टीकरण दिएको छ ।

बुधबार क्षेत्र विकास समितिका अध्यक्ष रकी थेवे लिम्बु र कार्यकारी निर्देशक प्रजिनहाङबाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत स्पष्टीकरण दिइएको हो। देवीको नाममा भेटीदान गर्न विविध कारणले भौतिक रुपमा उपस्थित हुन नसक्ने भक्तजनहरूको मागलाई संबोधन गर्न उक्त व्यवस्था गरिएको क्षेत्र विकास समितिले जनाएको छ ।

क्यु आर कोड राखिएको विषयले सरकारवाला र भक्तजनहरू समर्थन र विरोधको रुपमा विभाजन भएकोले कुनै नियत नराखी सफा मनले भक्तजनको माग सम्बोधन गर्नको लागि सो व्यवस्था गरिएको उल्लेख गरिएको छ। इच्छुक र आवश्यक पर्ने व्यक्तिले मात्र प्रयोग गर्नसक्ने भएकाले यसको प्रयोगमा कुनै बाध्यकारी नीति नभएको समेत प्रष्टाइएको छ। क्यु आर कोड राख्ने निर्णय आकस्मिक नभएको र विभिन्न समयमा छलफल पश्चात क्षेत्र विकास समितिले २०८० मङ्सिर १५ गतेको सर्वपक्षीय सर्वदलीय अनुगमनपछि मङ्सिर १८ मा बसेको बैठकको सुझाव र निर्णय को कार्यान्वयन स्वरूप वैज्ञानिक ढङ्गले राखिएको बताइएको छ । मन्दिर क्षेत्रमा रहेका कर्मचारी तथा पुजारीहरूलाई आर्थिक सम्बन्धी लाग्ने आरोपलाई कम गर्न क्युआरको प्रयोग महत्त्वपूर्ण हुने विश्वास लिएको विज्ञप्तिमा बताइएको छ ।

क्यु आर कोड को प्रयोग यस अघि देशका प्रख्यात शक्तिपीठहरूमा समेत प्रयोग भइसकेकाले नौलो विषयको रूपमा नलिन आग्रह गरेकोछ । पाथिभरामा गरिने विभिन्न किसिमको पूजामा कुनै नियम नभएको र जसले जसरी पनि गर्नसक्ने भएकाले सोही बमोजिम भेटी र दानको सवालमा पनि कुनै बाध्यकारी नियम नभएको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*