ताप्लेजुङकोे उप निर्वाचनको लागि मतदाता नामावली प्रकाशित
ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आउदो मंसिर १६ गते हुने उप निर्वाचनको लागि अन्तिम मतदाता नामावाली प्रकाशित गरेको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर १५ गते सम्मको अध्यावधि मतदाता नामावली प्रकाशित गरेको हो ।
उप निर्वाचन हुने सिरिजंघा गाउँपालिका वडा ३ मा वडा अध्यक्षको लागि हुने निर्वाचनको लागि दुई वटा मतदान केन्द्रमा एक हजार ५२८ जना मतदाता रहेका छन जसमा पुरुषमा ८ सय ८८ जना र महिला ६ सय ६४ जना रहेको छन ।
दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा सरस्वती माध्यमिक विद्यालय कुञ्जारी केन्द्रमा एक हजार २६ जना र दुर्गा मावि ओसेमा ५सय २ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख गरेको छ ।


















