रविसँग बयान जारी, सहकारी पीडित र रास्वपा कार्यकर्ता प्रदर्शनमा

वेलकम खबर
कार्तिक २७, २०८१

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग अहिले रुपन्देहीमा बयान लिने काम जारी रहेको छ।  जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता,प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्। लामिछाने रुपन्देही पुगेपछि सहकारी पीडित र रास्वपाका कार्यकर्ताले छुट्टाछुट्टै  प्रदर्शन गरेका छन्।

सहकारी पीडितले हाम्रो रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर आन्दोलन गरिरहेका छन्। बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको आरोप छ।

सोही  प्रकरणमा उनलाई बयान लिन आज कास्कीबाट रुपन्देही लगिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*