पाथीभरा धाम क्षेत्रमा बुधवार वृहत्त सरसफाई कार्यक्रम सञ्चालन गर्ने
मदन गौतम
कार्तिक २७, २०८१
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ‘पवित्र पाथीभरा सफा र हराभरा–हाम्रो जिम्मेवारी,हाम्रो आस्था’ भन्ने नाराका साथ ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा बुधवार वृहत्त सरसफाई कार्यक्रम सञ्चालन गर्ने गर्ने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा पाथीभरा पदमार्ग अन्तर्गत काफ्लेपाटी, बलुडाँडा, फेदी, पाथीभरा धाम परिसरमा वृहत् सरसफाई कार्यक्रमको सञ्चालन गरिने भएको हो ।



















