केवलकार निर्माणका विषयमा दुईपक्षबीच झडप हुदा ६ जना घाईते
ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरामा केबलकार बनाउने विषयको विवादमा झडप हुदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विवेक बस्नेतका अनुसार घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने फुङलिङ ४ का चन्द्र मादेन ,केवलकार बनाउने पक्षका फुङलिङ ४ का दामोदर अधिकारी , मेरिङदेन ४ का कुमार शेर्पा र सर्वसाधारण भरिया फकताङलुङ ५ का अजुर्न लिम्बु तथा दुई जना सुरक्षकर्मी डिगेन्द्र ओली र अभिनास माझी रहेका छन् । मादेनको टाउको,दाहिने हातको चोरी औलामा चोट लागेको छ । अधिकारीको भने बाया आखाको डिल माथि तल चोट लागेको साथै शेर्पाको टाउकोमा चोट लागेको अनि लिम्बुको दाहिने कुममा चोट लागेको प्रहरीले जनाएकोछ । दामोदार अधिकारी र कुमार शेर्पा फुङलिङ ४ मा अवस्थित तमोर अस्पतालमा उपचारत हुनुहुन्छ । चन्द्र मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भैरहेको प्रहरीले जनाएकोछ । निर्माण स्थल काफ्ले पाटीमा केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच आज शुक्रबार झडप भएको हो । केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना बताईएकोछ । अहिले केवलकार निर्माण स्थलबाट केवलकार निर्माण पक्ष सदरमुकाम झरेकोले अवस्था सामान्य रहेको घटनास्थलमा पुग्नु भएका पत्रकार आन्नद गौतमले बताउनु भयो ।




















