ताप्लेजुङको सिरिजङ्गामा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप हुने
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकमा आगामी मंसिर २३ गते देखि २९ गते सम्म चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कपमा भएकोछ । आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शुक्रवार पत्रकार सम्मेलनमार्फत गोल्ड कपको बारेमा जानकारी गराएको हो । तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले गोल्ड कपमा भारतको एकसहित कोसी प्रदेशका फुटबल क्लबको सहभागी रहने बताउनुभयो।
भट्टराईका अनुसार गोल्ड कपमा तेल्लोक स्पोर्टिङ क्लब,तेल्लोक ताप्लेजुङ,न्यू स्टार फुटबल क्लब झापा,मरिक फुटबल क्लब धरान,सुनसरी ,वाई वाई पाँचथर फुटबल क्लब पाँचथर,सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ, पारिजात संघ फुटबल क्लब, सिलिगुढी भारत, बद्ररहुड फुटबल क्लब, बेलका उदयपुर र साँगुरीगढी फुटबल क्लब धनकुटाको सहभागी हुनेछन्।
विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र तथा उपविजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। गोल्ड कपमा विधागत पुरस्कारको ब्यवस्था गरिएछ र विधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच प्रदान गरिने छ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएकाछन् ।२०७८ सालदेखि आमन्त्रण सरिजङ्गा गोल्ड कप हुँदै आएको थियो यस बर्ष चौथो संस्करणमा पुग्दा अन्तर्राष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्ड कप र सिरिजङ्गा मेला एकसाथ सञ्चालन हुने अध्यक्ष भट्टराईको भनाईछ । चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्ड कप र सिरिजङ्गा मेला सम्पन्न गर्न करिब ३० लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेकोछ ।




















