गैर सरकारी संस्था महासंघ नेपाल ताप्लेजुङको अध्यक्षमा पुनः सुबेदी

मदन गौतम
कार्तिक २१, २०८१

ताप्लेजुङ । गैर सरकारी संस्था महासंघ नेपाल ताप्लेजुङ शाखाको अध्यक्षमा पुनः खड्गविक्रम सुबेदी सर्वसम्मत चयन हुनु भएको छ । ्फुङ्लिङमा आज भएको सातौं जिल्ला अधिवेशनले पुनः सुबेदीलाई दोस्रो कार्यकालका लागि नयाँ कार्यसमितिको अध्यक्ष सर्वसम्मत चयन गरेको हो । तेह्र सदस्यीय शाखा कार्यसमितिमा उपाध्यक्षमा प्रजिन हाङ्बाङ, सचिव मणिशंकर पोमु, सहसचिव मात्रिकादेवी प्रसाईँ र कोषाध्यक्षमा खगेन्द्र नेपाली तथा सदस्यहरुमा दिलकुमारी लिम्बू ,चन्द्र कुमार यवागु, रमेश राई, भोलाप्रसाद पौडेल, तिलप्रसाद सुब्बा, तुलसा विक, किरण लिङ्देन र रमेश घिमिरे रहनुभएको अध्यक्ष सुबेदीले बताउनु भयो । गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदी, कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, गैसस महासंघका महासचिव अर्जुन भट्टराई, उपसमासचिव उमेश विक कोशी प्रदेश समितिका पदाधिकारी लगायतको उपस्थितिमा जिल्ला शाखाको अधिवेशन सम्पन्न भएको नवनिर्वाचित उपाध्यक्ष प्रजिन हाङ्बाङ बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*