प्रधानमन्त्री ओली अस्वस्थ, बालुवाटारमै आराम गर्दै
वेलकम खबर
कार्तिक २०, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।
अनलाईन खबरबाट साभार


















