नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक जना बेपत्ता

वेलकम खबर
कार्तिक १९, २०८१

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज (सोमबार) दुई बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छिन् । स्थानीय श्रवण महतोकी नौं वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिए ।

उनका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छन् । बेपत्ता बालिकाको खोजी कार्य जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*