हवाई भाडामा एयरलाइन्सहरुको मनपरी

वेलकम खबर
कार्तिक १९, २०८१

काठमाडौँ– दसैँ-तिहारलगायत चाडपर्व सकिएलगत्तै देशका विभिन्न स्थानबाट राजधानी काठमाडौँ आउन सर्वसाधारणले चर्को हवाई भाडा तिर्नुपरेको छ। 

गत असोज महिनामा आएको बाढी/पहिरोले ठाउँ-ठाउँमा सडक बिग्रेकाले सवारी साधनको उपलब्धता कम हुने गरेकाले अहिले हवाई सेवालाई मानिसहरूले रोज्न थालेका हुन्। तर हवाई सेवावापत मानिसहरूले चर्को भाडा तिर्नुपर्ने बाध्यता छ।

नेपालीकाे दाेस्राे ठूलो चाड तिहार आइतबारदेखि सकिएकाे छ। सरकारले साेमबारसम्म सार्वजनिक बिदा दिए पनि तिहार भने आइतबार दाजुभाइ र दिदीबहिनीबीच टिका लगाएर सकिएकाे हाे। तिहारमा टिका लगाउन काठमाडाैँ उपत्यका छाडेर गाउँ गएका अधिकांश नागरिक उपत्यका फर्किन थालेका छन्।

यस्ताे समयमा गाउँबाट राजधानी आउनका लागि गाडीहरु पनि कम पाइने गर्छन। त्यही माैका छाेपेर हवाई सेवा प्रदायकहरुले यात्रुहरुसँग मनपरी भाडा लिन थालेका यात्रीहरूको गुनासो छ।

अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरुले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ। यात्रुहरूको बाध्यताको फाइदा उठाउँदै एयरलाइन्सहरुले पहिलेकाे भन्दा दोब्बर भाडा असुल्न थालेका हुन्।

श्री एयरलाइन्सले आज धनगढीदेखि काठमाडाैँसम्मकाे भाडा १६ हजार ६६५ रुपैयाँ तोकेको छ। जबकी पुरानाे भाडा करिब ८ हजार थियाे।  श्री एयरलाइन्स मात्र हैन मंगलबारका लागि बुद्ध एयरलाइन्सले पनि १६ हजार ६४४  तोकेको छ। तर काठमाडाैँदेखि धनगढीसम्म भने ७ हजार ९०० ताेकिएकाे छ। किनकी तिहारकाे बेला काठमाडाैँबाट बाहिर जाने यात्रु कम हुन्छन। यतीमात्र नभई विराटनगरदेखि काठमाडाैँसम्म श्री एयरलाइन्सले ९ हजार ६५० हवाई भाडा ताेकेकाे छ। जबकी पुरानाे भाडा ५ हजार ७०० थियाे।

विराटनगरदेखि काठमाडाैँसम्म हवाई दूरी २३३ किलोमिटर छ। १०० किलाेमिटरभन्दा केही बढी हवाई दूरी रहेको सुर्खेतकाे भाडा बुद्ध एयरलाइन्सले पहिलेकाे भन्दा बढाएर  १० हजार ५० रुपैयाँ ताेकेकाे छ। जबकि पुरानाे ५ हजार ५०० रहेकाे छ। 

काठमाडाैँदेखि सुर्खेतकाे हवाई दूरी ४२० किलाेमिटर छ। हवाई सेवा प्रदायकहरुले तिहारमात्र हैन विपद्‌काे बेलमा पनि यात्रुहरुसँग मनपरी भाडा लिने गरेका छन्। गत असाेजमा अविरल वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको मौका छोपी प्रदायकहरुले यात्रुहरुसँग मनपरी भाडा लिएका थिए।

यती एयरलाइन्सले काठमाडौँदेखि विराटनगरसम्मको भाडा ९ हजार ९०० रुपैयाँ तोकेको थियाे। जबकि पुरानाे भाडा ५ हजार ७०० रुपैयाँ थियाे। यती एयरलाइन्स मात्र होइन, बुद्ध एयरलाइन्सले पनि ९ हजार ९०३ रुपैयाँ तोकेको थियाे। त्यस्तै श्री एयरलाइन्सले पनि ९ हजार ९०० रुपैयाँ तोकेको थियाे।

सुर्खेतकाे भाडा बुद्ध एयरलाइन्सले पहिलेकाे भन्दा बढाएर  १४ हजार २७ रुपैयाँ ताेकेकाे थियाे। जबकि पुरानाे भाडा करिब ७ हजार थियाे। तर सुर्खेतदेखि काठमाडाैँकाे भाडा भनेर ५ हजार ५०० रहेकाे छ।

दसैँकाे बेलामा पनि हवाई सेवा कम्पनीहरू मनलाग्दी भाडा लिने गरेका थिए जस्को तीब्र आलोचना भएको थियो।

देश संंचारबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*