अरिंगालले टोक्दा दिदी–भाइको मृत्यु

वेलकम खबर
कार्तिक १८, २०८१

बझाङ । बझाङमा अरिंगालको टोकाइबाट दिदी–भाइको मृत्यु भएको छ । थलारा गाउँपालिका–२ डोरगाउँका तीन वर्षीय सुरबीर खाती र पाँच वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् ।

अरिंगालको टोकाइबाट अन्य तीन जना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए । उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए । तिहारको समयमा भएको यो घटनापछि डोरगाउँ शोकमा डुबेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*