ताप्लेजुङ र पाँचथरमा आँखा शिविर हुने

मदन गौतम
कार्तिक १५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार र पाचथर याङवरकको थर्पुमा आँखा शिविर सञ्चालन हुने भएको छ । फुङलिङमा कात्तिक २६ देखि २८ गते सम्म तीन दिन र थर्पुमा कात्तिक ३० देखि मंसिर १ गतेसम्म दुईदिने शिविर चल्ने नेपाल नेत्रज्योति सङ्घ ,डिचेन डोङगला स्मारक आखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ बताउभयो । दुवै स्थानमा शल्यक्रिया हुनेछ । शिविरमा दर्ता शुल्क वापत ६० रुपैयाँ र चस्मा लगाउनु पर्नेको हकमा चस्माको शुल्क लाग्ने र ४० बर्ष नाघेकाको हकमा पढ्ने चश्माको शुल्क नलाग्ने क्लिनिक इन्चार्ज गुरुङ जानकारी दिनुभयो । मेची आँखा अस्पताल झापा बिर्तामोडको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ ,फङलिङ नगरपालिका ताप्लेजुङ र सेवाफाउन्डेसन काठमाडौको संयुत आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । इन्चार्ज गुरुङका अनुसार ताप्लेजुङको ,डिचेन डोङगला स्मारक आखा उपचार केन्द र पाचथर याङवरकको थर्पु आँखा उपचार केन्द्रमा शिविर हुने संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*