ताप्लेजुङ फुङलिङ १० फुरुम्बुमा एक घर जल्दा ४४ लाख ३६ हजार बराबरको क्षति

मदन गौतम
कार्तिक १४, २०८१

ताप्लेजुङ।जिल्लाको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित याफ्रे खोला नजिक मंगलबार राती एक घर जल्दा ४४ लाख २६ हजार बराबर मुल्यको धनमाल नष्ट भएको छ । स्थानीय विद्या प्रसाद सिग्देलको घरमा रहेको १२ मन अलैची, २ तोला सुन,३ तोला चादी नगद ७० हजार स्पैया, १५ मुरी धान मकै ,लत्ताकपडा र गरगहना जलेर नष्ट भएको फुङलिङ नगरपालिका–१० फुरुम्बोका वडाअध्यक्ष सन्तोष लिम्बुले बताउनु भयो । वडाअध्यक्ष लिम्बुका अनुसार ,‘विद्या दाई नजिकै छिमेकीकोमा जानुभएको थिएछ वुहारी र नानीहरु खाना खाएर भुईँ तल्लामै सुतिसकेको रहेछन । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको समेत वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु