एमाले फुङलिङद्धारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
ताप्लेजुङ। नेकपा एमाले फुङलिङ नगर कमिटी ताप्लेजुङले सोमवार दशैं,तिहार,वलिहाङ तङनाम,नेपाल सम्वत्,छठ,ल्होसार,उँधौली सहितको अवसर पारेर शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र लावतीले बताउनु भयो ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एमाले केन्द्रीय कमिटी सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई,एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो,जिल्ला कमिटी अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फे,प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटि सदस्य,नगर कमिटी सदस्य साथै राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि साथै ुशुवेच्छुकको उपस्थिति रहेका थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई,एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो,जिल्ला कमिटी अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फेले शुभकामना मन्तबय दिनु भएकोे अध्यक्ष लावतीले बताउनु भयो ।
फुङलिङ ५ स्थित नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङ तथा मदन भण्डारी स्मृती प्रतिष्ठानको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।



















