आयोजकलाई १–० गोल अन्तरले पाखा लगाउँदै नेपाल पुलिस क्लब कोशी प्रदेश विजयी
खेवाङ गोल्डकप आजदेखि सुरु भएको छ। प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा आयोजक खेवाङ स्पोर्टिङ क्लबलाई१–० गोल अन्तरले पाखा लगाउँदै पाहुना टोली नेपाल पुलिस क्लब कोशी प्रदेश विराटनगरले विजयी सुरुवात गरेको छ। पुलिसको तर्फबाट रमेश राजवंशीले खेलको १० सेकेन्डमै गोल गरेका थिए। खेलको पुरै समयसम्म पनि आयोजकले गोल फर्काउन नसक्दा नतिजा पुलिसलाई सुम्पनु परेको हो। प्रतियोगिताको दोस्रो दिन भोलि दोस्रो क्वार्टर फाइनलमा अन्तर्गत समूह ‘ बी ’को तेल्लोक स्र्पोटिङ क्लब र लालीगुराँस स्पोर्टिङ क्लब खेल्ने तालिका रहेको छ।कोशी प्रदेश स्तरीय भनिएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका कुल ८ टिमको सहभागिता रहेको छ । यस्तै खेवाङ स्पोर्टिङ क्लबको नवनिर्मित सेभेन साइज खेलमैदानको पनि आजै प्रतिनिधिसभा सदस्य भट्टराईले शनिबार उद्घाटन गर्नुभएको छ । उक्त खेलमैदान सिरिजङ्घा गाउँपालिका वडा नं ७ स्थित साँगादेन बजार नजिकै रहेको छ।



















