पाथीभरामा शनिवार यस सिजनकै तिर्थयात्रीको संख्या उच्च

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा शनिबार यो सिजनकै उच्च तिर्र्थयात्री पुगेका छन् । शनिवार ६ हजार ६सय ४६ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो । कार्तिक ६ गते मंगलबार ६ हजार ५ सय १२ जनाले मन्दिरमा दर्शन गरेका थिए । अगाडीको बर्षमा नवरात्रको समयमा पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको घुइचो लाग्ने गरेको थियो ।
यस बर्ष भने बाढी पहिरोका कारण मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध भइ यातायात संचालन नहुदा पाथीभरामा दर्शनार्थीको संख्या घटेको थियो । बर्षा रोकीसँगै सडक सञ्चालनमा आए पश्चात पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको घुइचो लाग्न थालेको हो ।