पाथीभरा क्षेत्र विकास समितिद्धारा छ स्थानमा सहायता कक्ष स्थापना

मदन गौतम
कार्तिक ९, २०८१

ताप्लेजुङ । पाथीभरा देवीको दर्शन गर्ने सिजनमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले तोक्मेडाडा , टेक्सीकाउन्टरलाईन , सुकेटार, काफ्लेपाटी, ठुलोफेदी र मन्दिर क्षेत्रमा गरि ६ स्थानमा तीर्थयात्री सहायता कक्ष स्थापना गरेकोछ ।
पाथीभरा देवीको दर्शन गर्न आउने दर्शनार्थी महानुभावहरुले खाने र बस्नेबास ,यातायात तथा अन्य विषयमा जानकारी लिन परेमा वा कुनै समस्यामा परे सहायता कक्षमा सम्पर्क गर्न पाथीभरा क्षेत्र विकास समितिले अनुरोध गरेकोछ ।

 

साहयता कक्ष स्थापना पश्चात दर्शनार्थीलाई पाथीभरा यात्रामा सहजता प्रदान गर्ने ,गुनासो नआउने गरी तयारी भएको र जनशक्ति समेत परिचालन भएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*