ताप्लेजुङमा नाबालिका जबरजस्तीकरण गर्ने दुई पुरुष पक्राउ

मदन गौतम
कार्तिक ८, २०८१

ताप्लेजुङ । नाबालिकालाई जबरजस्तीकरण गर्ने दुई पुरुष ताप्लेजुङबाट पक्राउ परेका छन् । गत कार्तिक २ गते रातको समयमा ११ वर्षकी नाबालिकालाई ललाई फकाई जबरजस्तीकरणी गर्ने २५ वर्षीय पुरुषलाई खोजतलास गर्ने क्रममा मङ्गलबार प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै सोही दिन ९ वर्षीय नाबालिकालाई ललाई फकाई जबरजस्तीकरण गरेको अभियोगमा ३० वर्षीय पुरुषलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी कार्यविधि संघीयता २०७४ को दफा १४ को ३ बमोजिम जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*