भन्सार छली गरी ताप्लेजुङ ल्याउँदै गरेको २ लाखको सिक्किमे रक्सी बरामद

मदन गौतम
कार्तिक ७, २०८१

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले भन्सार छली गरी ल्याउँदै गरेको २ लाख बराबरको ७ सय ५० मिलिलिटरका ६ सय बोतल सिक्किमे रक्सी रम सहित सामान धनी महेन्द्र वर्देवा र सवारी चालक सनम राईलाई नियन्त्रणमा लिएको छ । सोमबार मिनरल वाटर बोकेको पिकअप गाडीभित्र लुकाइ ल्याउँदै गरेको सिक्कीमे रक्सी पाथीभरा याङवरक गाउँपालिका १ मेवाखाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । प्रहरीका अनुसार आवतजावत गर्ने गाडी नियमित चेकजाँचका क्रममा मे । १ च ४२१४ नम्बरको पिकअप गाडीमा उक्त परिमाणको रक्सी फेला परेको हो । पक्राउ पर्ने दुवैजना झापाको बुद्ध शान्ति गाउँपालिका वडा नं ३ बस्ने रहेको र आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर इलाम पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*