पाथीभरा देवीको मन्दिरमा दर्शनार्थी बढदै

मदन गौतम
कार्तिक ७, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा मंगलबार यस सिजनकै सबैभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। । मंगलबार मात्र ६ हजार ५सय १२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो । कार्तिक ३ गते शनिवार पनि ५ हजार ९ सय ८३ जनाले मन्दिरमा दर्शन गरेका थिए । अगाडीको बर्षमा नवरात्रको समयमा पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको घुइचो लाग्ने गरेको थियो । यस बर्ष भने बाढी पहिरोका कारण मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध भइ यातायात संचालन नहुदा पाथीभरामा दर्शनार्थीको संख्या घटेको थियो । बर्षा रोकीसँगै सडक सञ्चालनमा आए पश्चात पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको घुइचो लाग्न थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*