ताप्लेजुङको आइटी एकेडेमीले ल्यायो जिल्लामै निःशुल्क वेब डेभलपमेन्ट कोर्स

मदन गौतम
कार्तिक ६, २०८१

ताप्लेजुङ । ह्युमन प्राक्टिस फाउन्डेशन र भानुजन माध्यमिक विद्यालय मातहतको आइटी एकेडेमीले ताप्लेजुङ जिल्लामा पहिलो पटक निःशुल्क वेब डेभलपमेन्ट कोर्स सञ्चालन गर्ने भएको छ । अहिले लेभल वान अन्तर्गतको ‘डिजिटल मार्केटिङ ’ र ‘ग्राफिक्स डिजाइन ’ कोर्स संचालन गराइरहेको एकेडेमीले ‘लेभल टु ’ अन्तर्गतको ६ महिने कोर्स ल्याएको एकेडेमीका प्रमुख बसन्त लिम्बुले बताउनुभयो।लिम्बुका अनुसार उक्त कोर्स सिक्नका लागि एकेडेमीको आधिकारिक वेबसाइट   www.it-academy.io/apply-now मा अनलाइन फारम भर्न सकिनेछ।कोर्स गर्नका लागि आधारभूत कम्प्युटरको ज्ञान अनिवार्य हुनुपर्ने बताइएको छ। साथै अन्य काममा संलग्न नरहेका व्यक्ति हुनुपर्ने भनिएको छ । आवेदन दिन १८ वर्षदेखि ४० वर्ष उमेर हुनुपर्ने उल्लेख छ। कोर्स एकेडेमीको भवन फुङ्लिङ ४ अम्बिटारमा भौतिक रूपमा सञ्चालन हुनेछ।सहभागि हुन चाहाने महानुभावहरुले यही कार्तिक २० गतेसम्म अनलाइन फर्म भरिसक्नुपर्नेछ भने कक्षा सञ्चालन मङ्सिरको पहिलो सातादेखि हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*