ताप्लेजुङमा खुकुरी देखाई आतंकित गर्ने २ जना पक्राउ

मदन गौतम
कार्तिक ६, २०८१

ताप्लेजुङ  ।  खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजनालाई ताप्लेजुङ प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ४ का २१ बर्षिय प्रदीप पौडेल र फुङलिङ ८ का निश्चल गुरुङ रहेका छन् । उनीहरूले आइतबार साँझ फुङ्लिङ बजार स्थित ‘न्यु कन्चनजङ्गा सहकारी संस्था’मा आफ्नो काम सकेर घर फर्कँदै गरेका फुङ्लिङ नगरपालिका वडा नम्बर ८ का ३७ वर्षका सन्तोष गुरुङलाई फुङ्लिङ ४ उकालीपानी स्थित एकान्त बाटोमा साथमा बोकेको फलामको धारिलो हतियार खुकुरी प्रहार गर्ने प्रयास गरी धम्की दिएर अवद्र व्यवहार गरेको कसुरमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएकोछ ।
पक्राउ परेका गुरुङ र पौडेललाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट ५ दिनको म्याद लिई अभद्र व्यवहार कसुरमा अनुसन्धान गर्न अनुमति लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*