सभापति लामिछानेलाई पक्राउ गरिएको प्रति रास्वपा ताप्लेजुङद्धारा विरोध

वेलकम खबर
कार्तिक ५, २०८१

ताप्लेजुङ ।  केन्द्रिय सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा राजनीतिक प्रतिशोध साँझ्ने गरी पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आपत्ति जनाएको छ ।
सहकारी ठगी सम्बन्धी गठित संसदीय छानबिन समितिले दिएको प्रतिवेदन अनुसार वास्तविक सहकारी ठगी गर्ने व्यक्तिलाई खोजबिन पश्चात कारबाही गरी जनताको रकम फिर्ता दिलाउनुपर्ने दायित्वबाट सरकार विमुख भएको रास्वपा  ताप्लेजुङले आरोप लगाएको छ ।रकम अपचलनमा संलग्न नभएको किटान हुँदाहुँदै पनि जनताले आशा गरेका नेतामाथि सरकारले  प्रतिसोध साँझ्नु गम्भीर आपत्तिको विषय भएको  रास्वपाको ठहर छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाएको रास्वपाले ७ बुँधे माग अघि सारेको छ ।
उल्लेखित विषयमा सरकारले आवश्यक कारबाही गर्नुपर्ने माग  राख्दै उक्त माग सम्बोधन  नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।  ज्ञापनपत्रका बुँदाहरूमा सभापति लामिछानेलाई तत्काल रिहा गर्नुपर्ने, सहकारी रकम अपचलन र मिटर ब्याजीहरूको खोजबिन गरी  कानुन बमोजिम कारबाही गरिनु पर्ने  साथै सहकारी पीडित र मिटरबाजी पीडितहरूको समस्या समाधानको निम्ति जिल्ला प्रशासन कार्यालयमा हेल्पडेक्स तत्काल सुरु गर्नुपर्ने माग राखिएको छ।
जिल्ला सहसंयोजक दावा शेर्पाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सहकारी ठगी प्रकरणमा नाम आएका धनबहादुर गुरुङ, ऋषि केश पोखरेल लगायतलाई हदैसम्मको कारबाही गरी पीडितको रकम तुरुन्त फिर्ता गर्न भनिएको छ।
बाँसबारी जग्गा, टीकापुर  जग्गा प्रकरण साथै ललिता निवास प्रकरणका दोषी उपर निस्पक्ष  छानबिन गरी कारबाही गरिनुपर्ने ज्ञापन पत्रमा माग  राखिएको छ । भुटानी शरणार्थी काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न ,सत्तारुण नेकपा एमाले र ललिता निवास प्रकरण मार्फत भ्रष्टाचारजन्य अपराधको छानबिन गर्न ज्ञापनपत्रमा भनिएको छ।
त्यस्तै ,६४ सालपछिका सम्पूर्ण भ्रष्टाचारजन्य अपराधको छुट्टै सेल खडा गरेर छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।  रेडियो ताप्लेजुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*