झापामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

वेलकम खबर
अशोज २९, २०८१

झापा । झापामा सामान्य विवाद हुँदा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा उनका श्रीमान् वीरबहादुर चौहान पक्राउ परेका छन् ।

सोमबार अपराह्न पौने ४ बजेतिर विवाद हुँदा उनले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए । त्यसक्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने वीरबहादुर त्यहाँबाट फरार भएका थिए ।

उनी भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको डीएसपी चन्दले बताए । खोजी गर्ने क्रममा उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*