दसैँमा बन्द भएका सरकारी कार्यालय खुले
वेलकम खबर
अशोज २९, २०८१
काठमाडौं। दसैँका बेला बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरूमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो। आजबाट भने सरकारी कार्यालयका सेवाहरू नियमित रुपमा सञ्चालन हुने छन् । आज दसैँपछिको त्रयोदशी हो । बडादसैँको टीका लगाउने क्रम भने आज पनि जारी छ ।


















