१२ दिनमा बन्यो डाइभर्सन हेँवाखोलामा यातायात सञ्चालन

वेलकम खबर
अशोज २३, २०८१

ताप्लेजुङ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डको हेवाखोलका माथिको बेलिवृज बगाएको १२ दिन पछि होमपाईप राखेर राखेर आजदेखि सवारी साधन आवत जावत शुरु गरिएको छ ।

असोज १२ गते हेँवाको बाढीले बेलिब्रिज बगाएपछि हेँवाखोलामा पुणर्रुपमा सडक अबरुद्ध थियो ।
सडक डिभिजन इलामले डाइभर्सन निर्माण गर्ने काम सकेसँगै हेवा खोलामा सवारी र ढुवानीका साधन तर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका (४ र हिलिहाङ गाउँपालिका (७ रहेको हेवा खोलामा गत वर्ष मात्र निर्माण गरिएको बेलिब्रिज असोज १२ गते आएको बाढीले बगाएको थियो ।

बेलिब्रिज बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक ठप्प भएको थियो । दसैंको मुखमै खोलाबाट सामग्री तारेर लैजान नसक्दा हेवा पारीको पाँचथरसँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न र उपभोग्य बस्तु अभाव हुन थालेको थियो ।

असोज १४ गते डाइभर्सन गर्न थालेको सडक डिभिजनले ढिलागरी निर्माण कार्य सम्पन्न गरेको थियो । चार दिन अघि नै काम सक्ने भने पनि ह्युमपाइप पूरा नआउँदा काममा ढिलाइ भएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए । डाइभर्सनको काम सकिएलगत्तै हेवा खोला वारी पारी रोकिएका साधन आफ्नो गन्तव्यमा लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*