श्रीमतीको टाउको बोकेर हिँड्दै गरेका श्रीमान पक्राउ

वेलकम खबर
अशोज २२, २०८१

उदयपुर । श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान पक्राउ परेका छन्। मंगलबार साँझ ६ :२० बजे उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ पक्राउ परेका हुन

सामान्य विवादमा नै तामाङले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी काटी टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीले बताए।
ताप्ली गाउँपालिका(४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका ६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए।
इप्रका जलजलेका प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले रगताम्य अवस्थामा फेला पारेको तामाङलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको एसपी योगीले बताए। घटना लगत्तै लामाको शव कानुनी प्रक्रिया र अनुसन्धानका लागि एसपी योगी आफै घटनास्थल पुगेका छन् ।-annapurnapost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*