युवा सङ्घले वितरण गर्यो बाढी पीडितलाई राहत
काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले काभ्रेको बेथानचोक गाउँपालिकाकामा बाढी पीडितलाई राहत वितरण गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले आज राहत राहत बितरण गरेको हो ।

युवा सङ्घको टोलीले खाद्यान्न , लत्ताकपडा , खानेपानी पाइप लगायतका अति आवश्यक सामाग्री बितरण गरिएको गरेको युवा सङ्घका केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख दुश्यान्त दाहालले बताए। राहात बितरण कार्यक्रममा युवा संघका उपाध्यक्षहरु अमित लामा , महाराज गुरुङ महासचिव सुमन पुरी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

वेलकमखबरलाई जानकारी दिए । यस सँगै युवा सङ्घले विभिन्न ठाउँमा बिपतमा परेका नागरिकको उद्धार र राहतमा अग्रसर भएर लागिरहेको समेत सदस्य दाहालेले बताए ।

काठमाडौँ, ललितपुर , सिन्धुली ,मकवानपुर, काभ्रे लगायतका अति प्रभावित ठाउँमा युवा सङ्घको सिङ्गो टिम लागिरहेको छ ।बाढीले देश भरी २ सय ४६ जनाको ज्यान गएको थियो ।



















